Section 4
समाज कल्याण सम्बन्धी विशेष कार्यक्रम :

समाज कल्याण कार्य र समाज सेवा सम्बन्धमा देहायका विषयमा नेपाल सरकारले विशेष कार्यक्रमहरू सञ्चालन गर्न सक्नेछ :
(क) बालक, वृद्ध, असहाय वा अपाङ्गहरूको हित र कल्याण गर्न,
(ख) विकासका लागि सहभागिता बृद्धि गर्न र महिलाहरूको हक हितको संरक्षण र संवद्र्धन गर्न,
(ग) बाल अपराध, लागू पदार्थ दुव्र्यसन वा अन्य कुलत तथा सामाजिक विकृतिबाट पीडित व्यक्तिहरूलाई मर्यादित र सम्मानित जीवन यापन गराउन,
(घ) बेरोजगार, गरीब वा अशिक्षित व्यक्तिहरूका लागि सम्मानीत जीवन यापन गराउन,
(ङ) धार्मिकस्थल तथा गुठीहरूको क्रियाकलापलाई व्यवस्थित गराउन,
(च) पिछडिएको समुदाय वा वर्गको हितको निमित्त आवश्यक व्यवस्था गर्न ।